हाम्रो सहर विराटनगरलाई सुन्दर, सफा, हराभरा बनाउनका लागि प्रत्येक दिन 'Green Biratnagar' अभियान अन्तर्गत वृक्षरोपण गर्ने, सरसफाई गर्ने, रोपेका बिरुवाहरूको संरक्षण गर्दै आइरहेका छौँ । यसै क्रममा २१ हजारभन्दा बढी बिरुवाहरू रोपिसकेका छौँ ।

कुनै समय विराटनगर देशकै अग्रणी औद्योगिक सहर थियो । हजारौँ मानिसहरू यहाँ रोजगारीका लागि आउँथे । अहिले हाम्रो सहर, देशका अन्य धेरै सहरहरूभन्दा पछाडि पर्न थालेको छ ।
त्यसैले विराटनगरलाई हरित, स्वच्छ, सफा व्यवस्थित र रोजगारीको अवसर भएको सहर बनाउनका लागि यहाँका हरेक नागरिकहरूको भूमिका आवश्यक छ ।
त्यसका लागि नागरिकको आवश्यकता र समस्या बुझ्नु पहिलो प्राथमिकता हो । तसर्थ हामीहरू केही प्रश्नावलीसहित तपाईंहरूको समस्या सुन्ने र सुझाव लिने अभियानका साथ आएका छौँ ।
सर्वेक्षण फारम भर्न साइन-इन अनिवार्य छ
विराटनगरलाई अझ हरित, स्वच्छ र रोजगारीयुक्त बनाउन आफ्नो अमूल्य सुझाव दर्ता गर्न कृपया पहिले Google खाता मार्फत लगइन गर्नुहोस्।
